लस एन्जलस : चर्चित तमिल ‘हरर’ चलचित्र ‘कञ्चना ३’ की अभिनेत्री एलेक्जेन्ड्रा जावीको निधन भएको छ।
२४ वर्षीया रुसी मोडल तथा अभिनेत्री एलेक्जेन्ड्रा २० अगस्टमा जावी उत्तरी गोवाको सिओलिममा रहेको अपार्टमेन्टमा झुन्डिएको अवस्था मृत भेटिएकी हुन्।
टाइम्स अफ इन्डियाका अनुसार, उनी आफ्नो प्रेमीसँग त्यो अपार्टमेन्टमा बस्दै आएकी थिइन्। गोवा प्रहरीले यो आत्महत्या भएको आशंका गरेको छ। यद्यपि प्रहरी पोस्टमार्टमको रिर्पोटको पर्खाइमा छ। गोवा प्रहरीका अनुसार उनी पछिल्लो केहीदिनदेखि तनावमा थिइन् र मानसिक तनावको औषधि सेवन गरिरहेकी थिइन् ।
प्रेमीको अनुपस्थिचिमा अपार्टमेन्टको किचेनको सिलिङ पंखामा रातो सारीले बेरेर झुन्डिएका अवस्थामा उनको शव भेटिएको थियो ।
अभिनेत्री एलेक्जेन्ड्राले सन् २०१९ मा चेन्नईका एक फोटोग्राफरविरुद्ध यौन शोषणको आरोप दर्ता गराएकी थिइन्।






