काठमाडौँ: मंगलबार देशभरको मौसम केही ठाँउमा सामान्य बदली हुनेछ भने केही ठाँउमा पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र अहिले देशभर हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
बागमती प्रदेश , गण्डकी प्रदेश , कर्णाली र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।






