Home / Sports / लुकाकुको गोलमा चेल्सीको जित

लुकाकुको गोलमा चेल्सीको जित

काठमाडौं : रोमेलु लुकाकुको गोलको सहयोगमा चेल्सीले प्रिमियर लिग फुटबलको आर्सनललाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा लण्डन डर्बीमा चेल्सीले आर्सनलमाथि सहज जित निकाल्न सफल भएको हो। चेल्सीले आर्सनललाई २–० गोलको अन्तरले पराजित गरेको हो।

इमिरेट्स स्टेडियममा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे। खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

इटालिनय क्लब इन्टर मिलानबाट चेल्सीआएका उनले जेम्सको पासमा डेब्यु खेलमै गोल गरेका हुन् । ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए।

जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । आर्सनलको यो लगातार दोस्रो हार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *