काठमाडाैं : पाटनमा बौद्ध धर्म मान्ने नेवारहरूले पञ्चदान पर्व मनाएका छन्।
पञ्चदान विभिन्न दीपङ्कर बुद्ध, करुणामयका मूर्तिहरू तथा शाक्य मुनिहरूलाई दान दिने पर्व हो। यसदिन पृथ्वीबाट उब्जेको अन्न, फलफूल लगायत पाँच प्रकारको अन्न दान गर्ने परम्परा छ।
त्यस्तैगरी शाक्य बज्राचार्यहरू घर घर गई दान ग्रहण गर्ने परम्परा छ। यस वर्ष कोरोनाको कारण पर्व उत्साहपूर्ण हुन सकेन।






