Home / Uncategorized / देशलाई रक्तपातबाट बचाउन देश छोडेँ अफगान राष्ट्रपति अशरफ घनी

देशलाई रक्तपातबाट बचाउन देश छोडेँ अफगान राष्ट्रपति अशरफ घनी

काठमाडौं : तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै
अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्।

तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो बढी रहेकै बेला राष्ट्रपति घानीले ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेको बताउनु भएको छ।

घनीले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै आफ्नो निर्णयले आफूलाई निकै कठिन भएको समेत बताएका छन ।

तालिबानले र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले जनताको सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मामा रहेको समेत बताएका यसै बिच तालिवान का प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने समेत जनाएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *