Home / Nepal / News / हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित

हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित

काठमाडौं : हास्यकलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित भएको छ।

कलाकार आर्चाय स्वयम्ले लेखेको यस पुस्तकको पहिलो प्रति सन् २०१३ अप्रिलमा प्रकाशन भएको थियो। पु्स्तक प्रकाशक फाइनप्रिन्टका सञ्चालकमध्येका एक निरज भारीले चिना हराएको मान्छे एक लाख प्रति छापिएको पुष्टि गरे।

कलाकार हरिवंशले पुस्तकको सफलताको श्रेय पाठक तथा आफ्ना शुभेच्छुकहरूलाई दिएका छन्। “यहाँहरूको मायाले गर्दा चिना हराएको मान्छेको एकलाख प्रति प्रकाशन भएको छ। प्रकाशक फाइनप्रिन्ट, आदरणीय पाठकवर्ग तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले भनेका छन्।

पुस्तक चिना हराएको मान्छे एक साधारण तर भगवानसँग डराउने पुरुषको कथा हो, जसको चिना (कुण्डली) हराउँछ। यो आत्मकथामा हरिवंशको बाल्यकालको सम्झना, कल्पना र युवाअवस्थामा उनले सामना गरेका संघर्षहरू समेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *