Home / Nepal / News / रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा : रोल्पा माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजे एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको छ।

भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो। दुर्घटनामा एकजना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो। घटना भए लगत्तै प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *