Home / Nepal / News / नवलपरासीमा ट्युसन पढ्ने विद्यार्थीलाई मात्र उच्च अंक दिएको भन्दै विद्यार्थी आन्दोलित

नवलपरासीमा ट्युसन पढ्ने विद्यार्थीलाई मात्र उच्च अंक दिएको भन्दै विद्यार्थी आन्दोलित

नवलपरासी: नवलपरासीको रामग्राममा शिक्षकले ट्युशन पढाएका विद्यार्थीलाई मात्र राम्रो अंक दिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन ।

जिल्लाको रामग्राम नगरपालिका अन्तरगत परासीस्थित पवन माध्यमिक विद्यालयका विद्यार्थीहरु गणित विषयका शिक्षकले विद्यार्थीलाई भिन्नता गरी अंक दिएको भन्दै आन्दोलित भएका हुन् ।

पवन माध्यमिक विद्यालयका शिक्षक रामकप्रसाद बस्यालले आँफुसँग ट्युसन पढ्ने विद्यार्थीहरुलाई मात्र राम्रो अंक दिएको र ट्युसन नपढ्ने विद्यार्थीहरुलाई थोरै नम्बर दिएको आरोप उनीहरुले लगाएका छन्।

उनीहरुले शिक्षकलाई कारवाहीको माग गर्दै नगरपालिकाको शिक्षा शाखामा उजुरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *