Home / Nepal / News / नेपाल–भारत सीमा जोगबनी नाका खुला

नेपाल–भारत सीमा जोगबनी नाका खुला

विराटनगर : कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल–भारत सीमा अब सर्वसाधारणको लागि जोगबनी नाकाको ढाट खुला गरिएको छ। कोरोनाको दोस्रो लहर केही मत्थर भएसँगै जोगबनी नाकाको गेट सर्वसाधारणको लागि खुला गरिएको छ।

मुख्यद्वारको गेट भएर भारतबाट छिटपुट रूपमा आउने नेपाली र भारतीयलाई एन्टिजेन परीक्षण गरेर नेपालतर्फ प्रवेश गर्ने व्यवस्था थियो। यताबाट सर्वसाधारण भने सहायक मार्ग हुँदै जोगबनीसम्म गई किनमेल गर्ने गर्थे। उनीहरुको लागि मुख्य ढाट खुला गरिएसँगै किनमेलका लागि पारि जाने र उताबाट नेपालतर्फ आउनेहरुको लागि सहज भएको छ ।

मुख्य ढाटहरु बन्द गरिँदा आवतजावत झन् अव्यवस्थित भएको र यसलाई व्यवस्थित गर्न पनि खुला गर्नुपर्ने माग उठ्दै आएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले गृह मन्त्रालयलाई मुख्य मार्गबाटै पैदलयात्री तथा सर्वसाधारणलाई आउजाउ गर्ने प्रबन्ध गर्न अनुरोध गरी परिपत्र गरेको थियो ।

सीमामा विराटनगर महानगरपालिकाले हेल्थ डेस्क सञ्चालन गरिरहेको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनसमेत सहज भएकोले पैदलयात्रीलाई आउजाउ गर्न रोक्न नहुने प्रशासनको ठहर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *