Home / Nepal / News / ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ परेका

ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ परेका

काठमाडौं : ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ परेका छन्।

ललितपुर महालक्ष्मी नगरपालिका ७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका ६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका, १४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) को २०६२ पुस ६ गते साँझ आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न खत्रीलाई प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्यूरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *