काठमाडौं : कांग्रेस सभापति ( प्रधानमन्त्री ) शेरबहादुर देउवाले आफू निकट नेताहरुसँ छलफल गर्दैछन्। आज बस्ने बैठकमा एउटा धारणा तय गर्नका लागि छलफल गर्न लागिएको हो।
महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउसो बोलाइएको पदाधिकारी बैठकअघि उनी आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन्। देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्षमा छन्।
औपचारिक धारणा आज सार्वजनिक गर्न लागेका जिल्ला सभापतिहरुलाई दबाबमुलक कार्यक्रम नल्याउन नेतृत्वले सुझाव दिएको एक नेताले जानकारी दिए।
भोलि बस्ने केन्द्रीय समितिको बैठकअघि महाधिवेशनका विषयमा निर्णय गरिने कांग्रेस नेताहरुले जानकारी दिएका छन्।
पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले पनि यस्तो निष्कर्ष निकालेको छ ।






