काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट आएका मान्छेहरुलाई पनि मन्त्री दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
“प्रधानमन्त्रीज्यू, मेरै पार्टीका मान्छे पाउँला र खाउँला भनेर आएका छन्। मन्त्री दिनुस् न!,” ओलीको भनाइ थियो, “फ्याँ फ्याँ गरेका छन्। बिहान बेलुका चाकडीमा हाजिर भएका छन्। मेरो दलमा घाटा भए पनि सहुँला मन्त्री दिनुस् प्रधानमन्त्रीज्यू।”
उनले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।






