काठमाडौं : भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन नेपाली बजारमा आएको छ।
भी २१ ई ४४ एम्.पी.को आई अटोफोकस फ्रन्टक्यामरा जडान गरिएको छ भने यसमो नाइट पोट्रेट समेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफीगर्न मद्दत गर्दछ । भी २१ ईस्मार्ट फोन अगस्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रूपमा निशुल्क इयरबड जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
भीभो को नयाँ उत्पादनभी २१ इ मा उत्कृष्ट फ्रन्ट क्यामेरा र अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, ४के गुणस्तरको स्टेबल भिडियो प्राप्त हुने जनाइएको छ।
भी २१ इ लाई क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, ८ जीबी र्याम र १२८ जीबी रोम रहेकाे छ र यसमा ३ जीबी एक्सटेन्डेबल र्यामको विशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बताइएको छ ।
यो स्मार्ट फोनको बजार मूल्य ४० हजार रहेको कम्पनीले जनाएको छ ।






