काठमाडौं : सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
ना४ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको हो। उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २४४१ नम्बरको ट्यांकरले हिजो बेलुका करिब पौने ९ बजे ठक्कर दिएको थियो।
उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।






