Home / Nepal / आजदेखि नेपाल मास्क अभियान सुरु

आजदेखि नेपाल मास्क अभियान सुरु

काठमाडौं : कोभिड–१९ संक्रमणको रोकथामका लागि सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गरेको छ।

आम नागरिकमा मास्कको महत्त्व बुझाउन र मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान सञ्चालन हुनेछ।

अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ ।

कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

अभियानअन्तरगत जनस्तरमा मास्कको सही प्रयोग भए÷नभएको अनुगमनसमेत गरिने केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *