काठमाडौं : काठमाडौं, झापा र दाङमा चारजना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका–१० सिँम्चाफाट डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–१० छब्दीबराही घर भएका १६ वर्षीय अजय पोखरेल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–५ मालिगाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी नगरपालिका–५ घर भएका ५४ वर्षीय अमृत वहादुर दाहाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
झापा, अर्जुनधारा नगरपालिका–९ प्रणामी टोल बस्ने ४८ वर्षीया देवी विश्वकर्मा सोही टोलस्थित मृत अवस्थामा फेला परेकी छन् ।
दाङ, घोराही उपमहानगरपालिका–६ बस्ने ५१ वर्षीय दल बहादुर महरा सोही उपमहानगरपलिका–३ स्थित रनवार जंगलमा मृत अवस्थामा फेला परेका छन् ।






