काठमाडौं : काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा २१ जुवाडे पक्राउ परेका छन्।
काठमाडौं टंकेश्वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठलगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखरसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।






