काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ।
यस अघी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग मंगलबार बिहान भेटेका नेपाल र ओलि सँग लामो समय पछीको भेटलाइ चासोको रुपमा हेरीएको छ।
आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको एमाले निकट श्रोतले जनाएको छ ।
ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।






