Home / Nepal / News / सुजिता ठाकुर हत्या प्रकरणमा, बुवासहित तीन जना पक्राउ

सुजिता ठाकुर हत्या प्रकरणमा, बुवासहित तीन जना पक्राउ

जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुर हत्या प्रकरणमा थप ‘ट्विस्ट’ देखिएको छ।

अनुसन्धानका क्रममा घटना लुकाउन मृतक सुजिताका बुवा कामेश्वर पाण्डेले लेनदेनका लागि बार्गेनिङ गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार मृतक सुजिताको बुबाले घटनाबारे जेठ २५ गते नै थाहा पाएका थिए। तर उनले आफ्नो छोरी हत्या घटनाको अनुसन्धानमा सहयोग नगरी लेनदेनका लागि बागेर्निङ गरेको प्रमाण फेला परेको प्रहरीको भनाइ छ।

त्यसैको आरोपमा प्रहरीले सुजिताका बुवा पाण्डेसहित तीन जनालाई पक्राउ गरेको छ। हत्याबारे जानकारी भएपनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनका लागि बर्गेनिङ गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने मृतक सुजिताको बुवा कामेश्वर पाण्डे, भङहा नगरपालिका–१ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार भनिएका रूपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डल रहेका छन्।

पाण्डेले घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *