केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि) ले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने भएका छन । डिएससीले उक्त सुबिधा थप गर्दै पासवर्ड रिसेटको सुबिधा दिने भएको हो।
यही साता बाट मेरो शेयरमा उक्त सुबिधा थप गर्न लागीएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिनु भएको छ।
यस अघि लगानीकर्ताले मेरो शेयरको पासवर्ड परिवर्तन गर्न झन्झटीलो प्रकृया पुरा गर्नु पर्दथ्यो। पासवर्ड परिवर्तन गर्न कठिनाइ भएकै कारण धेरै लगानीकर्ता प्राथमिक शेयरमा आवेदन दिन समेत वञ्चित हुने गरेका थिए।






