Home / Politics / कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। आजको बैठक पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित हुने साथै देशव्यापीरुपमा कोरोनाको अवस्था के छ ? भन्नेमा केन्द्रित हुने बताइएको छ।

नेपाली कांग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने जनाएको छ। कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

कांग्रेस महाधिवेशन आउन अब ३४ दिनमात्रै बाँकी छ । तर, निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *