दमक: कोरोना संक्रमीतको संख्या बढ्न थालेपछी झापाको दमकमा सोमबारबाट निषेधाज्ञा लगाउने सर्वपक्षिय निर्णय भएको छ ।
राजनीतिक दलहरु, दमक उद्योग बाणिज्य संघ र वित्तिय सरोकारवालाहरुसंग दमक नगरपालिकाले गरेको छलफलमा सहभागिहरुले विगतजस्तो फितलो र नाममात्रको निषेधाज्ञाको औचित्य नरहेको भन्दै कडा निषेधाज्ञा लगाउन माग गरेका थिए ।
सर्बदलीय बैठकामा नेकपा एमालेका लोकबहादुर अधिकारी, नेपाली काँग्रेसका रोशन विष्ट, माओबादी केन्द्रका शंकर बस्नेत, जसपाका खेम दाहाल लगायतले लकडाउनलाई प्रभाबकारी बनाउन आफुहरुले सहयोग गर्ने बताएका थिए।
उद्योग बाणिज्य संघ दमकका कार्यवाहक अध्यक्ष गोपाल गुरागाँई , आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश शर्मा लगायतले दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर बढेको र अस्पतालले धान्न नसक्ने अवस्था आउन लागेको भन्दै बिगतजस्तो निषेधाज्ञाको कुनै औचित्य नरहेको र कोरोना संक्रमण चेनब्रेकका लागि कडा लकडाउन लगाउन सुझाव दिएका थिए ।






