Home / Nepal / News / लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय

लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ।

आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो। निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो।

कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ।

मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *