लाहान : सिराहामा मंगलबार राती यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सिराहाको जिरोमाइल – बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका -५ सन्तनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ।
दुर्घटनामा परी १३ यात्रु घाइते भएका प्रहरीले जनाएको छ। जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नम्बरको बस पल्टिदा बसमा सवार बरियारपट्टि गाँउपालिका -३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।






