Home / Nepal / आज आषाढ शुक्ल एकादशी घरघरमा तुलसीको बिरुवा रोपेर मनाइदैं

आज आषाढ शुक्ल एकादशी घरघरमा तुलसीको बिरुवा रोपेर मनाइदैं

काठमाडौं- आज आषाढ शुक्ल एकादशी घरघरमा तुलसीको बिरुवा बिरुवा रोपेर मनाइदैंछ। निर्जला एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोप्ने गरिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानीने गरीन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं ज्योतिष शाष्त्री लिलाधर अधिकारीले जानकारी दिनुभएको छ ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भन्ने गरीन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन भने नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने पनि चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *