काठमाडौं: जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशैभरी बर्षा हुने र प्रदेश एक , वाग्मती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।
बिभागका अनुसार बिहिबार बिहान देखी नै प्रदेश एक , वाग्मती , लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको र राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा भू – क्षय , पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।






