प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन लागेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवा नेकपा एमालेका नेपाल समूहका २६ जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्।प्रधानमन्त्री देउवाको सपथ ग्रहणमा सहभागी भएका नेपालले शितल निवासमा देउवालाइ बधाई दिएका थिए।
केपी शर्मा ओलीविरूद्ध गठबन्धन गर्दा नेपाल र देउवा सँगै रहेता पनि सर्वोच्चको फैसलापछि नेपाल गठबन्धन बाट बाहीरीएका थिए । प्रधानमन्त्री देउवा माधव नेपालको निम्तोमा चिया खान कोटेश्वर जानुभएको हो।






