Home / Nepal / News / आइतबार सेयर मुल्य परिसुचक ७४ अंकले बृद्धि दर्जनौं कम्पनिको मुल्यमा सकारात्मक सर्कीट ब्रेक

आइतबार सेयर मुल्य परिसुचक ७४ अंकले बृद्धि दर्जनौं कम्पनिको मुल्यमा सकारात्मक सर्कीट ब्रेक

काठमाडौं : सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो समय लगातार घटिरहेको बजारमा आइतबार भने हरियाली छाएको हो ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । यो दिन वित्त समूह सर्वाधिक ८.३७ प्रतिशतले उकालो लागेको छ ।

विकास बैंक समूह ८.२ ९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.३४ प्रतिशत , होटेल तथा पर्यटन समूहमा २.४१ प्रतिशत , जलविद्युत समूहमा २.८८ प्रतिशत , लगानी समूहमा २.६८ प्रतिशत , जीवन बीमा समूहमा २.९ २ प्रतिशत , उत्पादन तथा प्रशोधन समूहमा १.५७ प्रतिशत , लघुवित्त समूहमा २.५७ प्रतिशत , म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत , निर्जीवन बीमा समूहमा २.७२ प्रतिशत , अन्य समूहमा ०.४२ प्रतिशत र व्यापार समूहमा ०.९ ४ प्रतिशतले वृद्धि भएको छ ।

आज झन्डै २ दर्जन कम्पनिको शेयरमुल्यमा पोजिटिभ सर्किट ब्रेक लागेको छ। गोर्खाज श्री इन्भेस्टमेन्ट तथा आइसिएफसी फाइनान्स को मुल्य १०% को हाराहारीमा बृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *