एजेन्सी । कोपा अमेरिका अन्तरगत बुधबार भएको सेमी फाइनल खेलमा कोलम्बीयालाइ पाखा लगाउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा टाइब्रेकरमा कोलम्बियालाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । खेलको उपाधिका लागि ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
तेस्रो स्थानका लागि कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्नेछन।






