Home / Technology / अब सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न मिल्ने

अब सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न मिल्ने

वागमती प्रदेश अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गरेको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।

सोमबार एक सूचना मार्फत मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।

ब्यवस्था अनुसार आगामी साउन १ देखि सेवाग्राहीहरुले नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न पाउनेछन । यसका लागि सवारी धनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने छ।

साथै, यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *