Home / Nepal / News / सेयर बजार परिसूचक नेप्से सूचकमा सामान्य गिरावट कारोबार रकम समेत घट्यो

सेयर बजार परिसूचक नेप्से सूचकमा सामान्य गिरावट कारोबार रकम समेत घट्यो

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से सूचकमा सामान्य गिरावट आएको छ । गत बुधबार र विहिबार सामान्य बढेको बजार आइतबार पुनः घटे सँगै कारोबार रकम समेत घटेको छ।

आइतबार नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि सामान्य घटेको छ।

असार मसान्त नजिकिदैं गर्दा बैंकको ब्याजको दबाबले पछिल्लो समय कारोबार रकम लगातार घट्दो क्रममा छ। आइतबार कारोबार रकम ५ अर्बकै हाराहारीमा झरेको छ। यस दिन २२४ वटा कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख, ३८ हजार २५७ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ। आइतबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ।

आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ। यस्तै ४ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *