मनसुनको सकृयता सँगै आज देसैभर देशभर वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ। बिभागले एक सुचना जारी गर्दै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढिरहेको समेत जनाएको छ। बिभिन्न प्रदेशका विभिन्न खोलानालामा बाढीको जोखिम हुनसक्ने भनी बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ।
आज बिषेशगरी नारायणी, कर्णाली,महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरेकोछ ।
महाशाखाका अनुसार झापा, सुनसरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, परासी र लुम्बिनी प्रदेशको नवलपुर जिल्ला भइ बग्ने नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।






