सिन्धुपाल्चोक: जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका अनुशार मेलम्ची नदीमा शुक्रबार राति फेरि भीषण बाढी आएको छ ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा भिषण वर्षात भएका कारण बाढी आएको बताउनु भएको छ । मङलवार राती मेलम्चीमा आएको बाढीले सयौं घर बगाएको थियो ।
शुक्रवार राती गत मंगलवारको भन्दा ठुलो बाढी आएको हो। यद्यपि जति ठूलो बाढी आए पनि मानिसहरुलाई यसअघि नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षतिको सम्भावना भने न्यून रहेको प्रहरीको भनाइ छ ।






