धनगढी : कैलालीको लम्की चुहा नगरपालिका -२ बघनिया बस्ने ५१ वर्षीय पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा बाबु पक्राउ गरीएको छ। आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जेठ २७ गते आफ्नै घरमा गते दिउँसो मृत अवस्थामा फेला परेकी ति बालिकाको आफ्नै बाबुले भैसी गोठमा लगि जबरजस्ती करणी
गरी हत्या गरेको खुल्न आएको छ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा मृतकको बुबाले करणी गरी पोल खुल्ने डरले भैसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको खुल्न आएपछि उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






