मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची हेलम्बु–१ स्थित नाकोटे मंगलबार राति पहिरो गएको छ । पहिरोले मेलम्चीको खोला थुनिएपछि स्थानीयवासीहरु घर छोडेर सुरक्षित स्थान तर्फ लागेका छन्।
पहिरो मङलबार राती करिब ७ बजे तिर गएको स्थानिय दिपक बरालले जानकारी दिएका छन। मेलम्ची आयोजनाको सुरुङको पानी खोलामा आजै छोडीएको थियो।पहिरोले के कति धन जनको क्षति भयो विस्तृत जानकारी आइसकेको छैन ।
साथै, पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।






