Home / Nepal / मनाङमा भिषण बाढि ३ सय बढीलाई सुरक्षित ठाउँमा सारियो बिधुत सेवा ठप्प

मनाङमा भिषण बाढि ३ सय बढीलाई सुरक्षित ठाउँमा सारियो बिधुत सेवा ठप्प

चामे: मनाङमा मङ्गलबार दिँऊसो आएको बाढीका कारण विस्थापित ३ सय बढीलाई सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभएको छ ।

डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको लामिछानेले बताउनुभएको छ ।

‘विस्थापित तथा जोखिममा रहेका गरी झण्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।

लामिछानेका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका हुन ।

बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।

बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको प्रजिअ लामिछानेले बताए । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको उनले जानकारी दिएका छन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *