Home / Nepal / काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञालाई केही खुकुलो

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञालाई केही खुकुलो

काठमाडौं : कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ सहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो ।

यसअघि ९ बजेसम्मका लागि मात्रै खुला हुने गरेकोमा थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद÷बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ ।

यसै गरी विकास निर्माणजन्य सामग्री पसल छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल आदि दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चलाउन पाइने छ ।

कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी सञ्चालन गर्न भनीएको छ।

विवाहमा सात जना सहभागी हुन सक्ने र एउटा गाडी मात्रै प्रयोग गर्न सक्ने छन् तर पार्टी प्यालेसमा विवाह ब्रतबन्ध रोक लगाइएको छ ।

बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *