Home / Nepal / News / मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

खलङ्गा : बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन्।

मनिषा कोइराला फाउन्डेशनबाट पीपीई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गरिएको हो।
स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन्। प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आइसियु र २४ एचडियु सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताए।

यसैगरी २० कोरोना सङ्क्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *