ब्राजिल । ब्राजिलमा हजारौं मानिसहरु लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका छन् । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने माग राख्दै हजारौं मानिसहरु सडकमा उत्रिएका हुन् ।
ब्राजिलका रि दी जेनेरिओ, साओ पाउलो र ब्रासिलियालगायतका सहररुमा केही हिँडेर त केही सवारीसाधसहित प्रदर्शनमा उत्रिएका थिए ।
ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारोले यसअघि कोरोना भाइरस ‘सानो फ्लु’ भएको बताएका थिए भने आफ्ना स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका थिए ।
उनले नागरिकहरुलाई सामाजिक दूरी कायम गर्ने र घरभित्रै बस्न आग्रह गरेका थिए ।
ब्राजिलमा ३७ हजार कोरोना भाइरस संक्रमित छन् भने दुई हजारभन्दा बढीको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । – बीबीसी






