काठमाडौं : कैलालीमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एकजना पक्राउ परेका छन्।
मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका–२, अत्तरियास्थित मिट प्वाइन्ट होटेलका सञ्चालक दानबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको हो।
साउदले उक्त होटेलमा काम लगाइदिने बहानामा दुई महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटेलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।






