प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार भएको छलफलमा उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री समेटिने पक्का भएको छ। जसपा नेता राजेन्द्र महतोको नेतृत्वमा उपप्रधानसहित १० मन्त्री भित्रीने छन।
राजेन्द्र महतोको उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरणमन्त्री बन्ने छन्।





