Home / Politics / लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलद्वारा बहुमत रहेको दाबी

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलद्वारा बहुमत रहेको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलसँग बहुमत रहेको दाबी गरिएको छ । आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य लीला गिरीले सरकार बहुमतमा रहेको दाबी गरे ।

facebook sharing button

“म दावाका साथ भन्छु– सरकार अल्पमतमा छैन, पूर्ण बहुमतमा छ,” उनले भने ।

आजको बैठकमा विपक्षी प्रदेशसभा सदस्यले सरकार अल्पमतमा रहेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । यही जेठ १७ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतपरिणामले सरकार अल्पमतमा परेको विपक्षी दलको जिकिर छ । उनीहरुले विश्वासको मत लिन या राजीनामा दिन माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *