Home / Nepal / News / पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैबीच, कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *