Home / Society / उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइयो खाद्यान्न पसल पनि खोल्न नपाइने

उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइयो खाद्यान्न पसल पनि खोल्न नपाइने

काठमाडौं । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ।

बैठकले एक साताका लागि थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने निर्णय गरेको छ ।यसअघि भन्दा निषेधाज्ञा कडा पारिएको बैठकले निर्णय गरिएको छ ।

साथै, निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *