Home / World News / चर्चित ‘होस्ट’ ओप्रो विन्फ्रेकाे खुलासा : आफ्नैहरूबाट लगातार यौन हिंसाको शिकार बनेँ

चर्चित ‘होस्ट’ ओप्रो विन्फ्रेकाे खुलासा : आफ्नैहरूबाट लगातार यौन हिंसाको शिकार बनेँ

काठमाडौं । चर्चित अमेरिकी टक सो होस्ट तथा टिभी प्रोड्युसर ओप्रो विन्फ्रे संसारका चर्चित महिलामध्ये एक हुन् । सन् १९८६ देखि टक सो ‘द ओप्रो विन्फ्रे’ सञ्चालन गरिरहेकी उनी यो सो कै कारण संसारभर लोकप्रिय बनेकी हुन् । 

उनै ६७ वर्षिय ओप्रोले हालै आफूले विगतमा भोगेका धेरै तिता अनुभवहरू खुलासा गरेकी छिन् । ‘द मी यु कान्ट सी’ नामक सोको पछिल्लो एपिसोडमा उनले आफू बाल्यबालमा लगातार चार वर्ष यौन हिंसाको शिकार बनेको बताएकी छन् ।

उनले आफू बाल्यकलामा आफ्नै दाजुभाइको यौन शिकार बनेको बताएकी छन् । उनी भन्छिन्, “९, १०, ११ र १२ वर्षको उमेरमा १९ वर्षको मेरो कजनले मलाई बलात्कार गरेको थियो । त्यो बेला म रेप भन्ने शब्दबाट अनविज्ञ थिएँ । मलाई यौनसम्पर्क भनेको केही भन्ने पनि थाहा थिएन । यहाँ सम्म कि मलाई आफूमाथि के भइरहेको छ भन्ने सम्म पनि थाहा थिएन ।”

यति मात्रै होइन उनले आफू आफ्नै आमाको प्रेमीबाट पनि यौन शोषणमा परेको खुलासा गरेकी छन् । “पुरुषहरूको यो संसारमा एउटी बच्ची सुरक्षित छैन भन्ने कुरा मैले स्वीकारेको थिएँ,” उनले भनिन् । 

यस्तै बेलायतका राजकुमार ह्यारीसँग मिलेर उनले हालै ‘द मी यु कान्ट सी’ नामक नयाँ सो सुरु गरेकी छिन् । यो सोमा उनीहरूले मानसिक रोग विषयमा कुरा गर्नेछन्, र सो को सुरुवात नै ओप्रो आफैँबाट भएको छ ।
बाल्यकालमा यति धेरै हिंसा भोगेकी उनले हार मानिन र आज यो स्थानसम्म आइपुगेकी छिन् । उनले १७ वर्षको उमेरमा एउटा सुन्दरी प्रतियोगीता जितेकी थिइन् । एउटा स्थानीय न्युज च्यानलमा समाचार वाचिकाबाट करियर सुरु गरेकी उनले पछि आफ्नै प्रोडक्सन हाउस खोलिन् । 

गायिका लेडी गागाले पनि यही सो मार्फत म्युजिक प्रोड्युसरबाट यौन शोषणमा परेको खुलासा गरेकी थिइन् ।नवभारत टाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *