स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुशार गत २४ घन्टामा थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुस्ठी भएको छ भने १६८ जनाको मृत्यु भएको छ।
यसै गरी देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरि गत सोमवारयता ५८,५८१ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २७,६८२ वटामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३,६७६ जना सङ्क्रमणमुक्त भएका छन ।






