Home / Society / घरायशी विवादमा धनुषामा चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या

घरायशी विवादमा धनुषामा चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या


घरायसी विवादमा धनुषाको हंसपुरमा आफ्नै श्रीमतीको चक्कु प्रहार बाट २५ वर्षीय शम्भु मण्डलको मृत्यु भएको छ ।


घरायसी विवादको कारण झै-झगडा हुँदा शम्भुलाई आफ्नै श्रीमती २३ वर्षीया शुसीला देवी मण्डल तथा शम्भुकै भाइहरू २४ वर्षीय संजय भन्ने जय मण्डल र २३ वर्षीय अनिल मण्डलले चक्कु प्रहार गरेका थीए।


शम्भुको घटनास्थलमा नै मृत्यु भएको र हत्याराहरू फ़रार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएक़ो छ ।हाल फरार तीनै जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *