Home / Politics / यो सरकार दुई हप्ताभन्दा बढी टिक्दैन – नव नियुक्त खेलकुद मन्त्री दिपक मनाङे

यो सरकार दुई हप्ताभन्दा बढी टिक्दैन – नव नियुक्त खेलकुद मन्त्री दिपक मनाङे

पोखरा: गण्डकी प्रदेशमा बिहिबार नियुक्त भएका खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङे)ले यो सरकार २ हप्ता भन्दा बढी नटिक्ने बताएका छन ।

सपथग्रहण गरेलगत्तै पत्रकार सङ कुरा गर्दै उनले भनेका छन ‘ यो सरकारको अब काम नै छैन , दुई हप्तामा जान सक्छ ।

उनले यो सरकार दुई हप्ताभन्दा बढी नटिक्ने थाहा हुँदा हुँदै पनि आफू मन्त्री बनेको बताएका हुन् ।

जति समय मन्त्री भए पनि उक्त अबधीमा खेल क्षेत्रमा केही नै केही परिवर्तन देखाएरै छाड्ने भन्दै मनाङेले आफूले खेल क्षेत्रको सुधारको लागि प्रभावकारी काम गर्ने जिकिरसमेत गरेका छन्।

जनप्रतिनिधीले सांसदकै रुपमा पनि धेरै काम गर्न सक्ने र आफुँले उक्त कार्य गरीरहेको समेत बताएका छन।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएका कांग्रेस , माओवादी , जनमोर्चा र जसपा एक ठाउँमा उभिए मनाङे को आगमनले केही नहुने निश्चित छ्।

गण्डकी प्रदेशसभामा एमालेलाई सत्ता टिकाउन जनमोर्चा वा जसपाको साथविना मनाङे मात्रको आगमनले फलामे चिउरा बराबर हुनेछ्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *