Home / Health / काठमाडौं उपत्यकामा आजदेखि वैशाख २२ गते सम्म निषेधाज्ञा लागु

काठमाडौं उपत्यकामा आजदेखि वैशाख २२ गते सम्म निषेधाज्ञा लागु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज विहान ६ बजेबाट निषेधाज्ञा लागु भएको छ । आज बिहान ६ बजेबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ ।

कोरोना संक्रमणको दर बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आजबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा  आवश्यकता अनुसार स्थानीय प्रशासनले निर्णय लिनसक्ने सहमति भएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *