Home / Society / कोरोना भाइरस विरुद्ध खोप लगाएका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस विरुद्ध खोप लगाएका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि

बागलुङ : बागलुङमा कोरोना भाइरस विरुद्ध खोप लगाएका दुईजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा मंगलबार गारिएको परीक्षणबाट पुस्ठी भएका १५ जनामा पहिलो चरणमा कोरोना खोप लगाएका धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जानकारी दीएको छ।

दुवै डोज कोरोना खोप लगाएका महिला स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिएको र पछी परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। खोप लगाएकालाई समेत कोरोना देखिएप्छि थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ । 

‘खोप लगाएपछि संक्रमण जोखिम कम हुने हो, यसले कोरोनाविरुद्ध लड्न ७० देखि ९० प्रतिशत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हो, खोप लगाएँ भनेर लापरवाही गरेर ढुक्क हुने अवस्था,नरहेको स्वास्थ मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *